
डडेलधुरा ।
गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफिर्किने बताएका छन् ।
बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । “देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरिहेका छन् ।”
गृहमन्त्री लेखकले भने , “लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइएन अगाडी बढ्ने हो ।” त्यसैगरी, “समाजमा क्रान्तिकारी परीवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो, संसारमा आजसम्मको प्रगती क्रान्ती र परीवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे । ”
जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राखेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।