
उदयपुर ।
उदयपुरको कटारी नगरपालिका १० न्. वडाको सोरुङछबिसेको जिनाखूमा बुधबार अन्दाजी राती १३: ३० बजेको समयमा जंगलमा लागेको आगो निम्न मानिसहरुको घर ग्वालीमा सल्किई आगोलागी हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षति भएको छ ।
घरमा सल्केको आगो प्रहरी र स्थानियबासिहरुको सहयोगमा नियन्त्रणमा आएको छ भने जंगलको आगो पूर्ण रुपमा नियन्त्रणमा आएकोले हाल निभाउने कार्य भईरहेको छ भने मानव वस्तीमा संभावित जोखिम नरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागीबाट जिल्ला उदयपुर कटारी न.पा.१० जिनाखु बस्ने बर्ष ६५ को कौडे बहादुर दमाईको ढुङगा माटोको पर्खाल
र खरको छानो भएको १ तले मतान, काठपात, बाख्रा ३ वटा, कुखुरा १३ वटा समेत जलि नष्ट भएको, जम्मा अन्दाजी मुल्य १,००,०००।– (एक लाख) बराबरको क्षती भएको साथै कोडै दमाई आगो निभाउने क्रममा उक्त आगोले हात र घाँटिमा पोली सामान्य घाईते भएको, र बोल्न सक्ने अवस्थामा स्वास्थ्य चौकिमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी सोही ठाउँ बस्ने लिल बहादुर सुनुवारको ढुङगा माटोको पर्खाल र खरको छानो भएको १ तले मतान, बिद्युतको मिटर बक्स ,बाख्राको पाठा ५ वटा, टिभि, भाँडावर्तन, अन्नपात, काठपात, लत्ता कपडा, काठ काट्ने मेसिन थान(१ जली नष्ट भएको, जम्मा अन्दाजी मुल्य रु २,५०,०००।– (दुई लाख पचास हजार) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।