१९ असोज ,सप्तरी – सप्तरीको राजविराज नगरपालिका–११ मा करेन्ट लागेर बुधबार एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा राजविराज नगरपालिका–११ झल्ही बस्ने विनोद यादवकी १२ वर्षीया छोरी बबिताकुमारी रहेको जनाएको छ ।
बबितालाई आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।