
धनगढी ।
गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्ने बताउनु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने सरकारी योजना रहेको बताउनु भयो ।
उहाँले बैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलबध गराईने बताउनुभयो ।
सरकारले प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकार भएको उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले बिपदको समयमा प्रदेश सरकारसंगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।