
काठमाडौं ।
भारतमा मेमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र मंगलबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।
दक्षिण एसियाका पाकिस्तान बाहेक बाँकी ६ टिमलाई ३ पटमा राखेर ड्र गरिएको थियो । जसअनुसार नेपाल समूह बी मा परेको छ र नेपालले भारत र श्रीलंकासँग समूहगत खेलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, समूह ए मा माल्दिभ्स, बंगलादेश र भुटान परेका छन् । सिनियर टोलीको फिफा वरियताको आधारमा टोलीलाई ३ पटमा विभाजन गरिएको थियो । साविक विजेता भारत र माल्दिभ्स पट ए मा, नेपाल र भुटान पट बी तथा बंगलादेश र श्रीलंका पट सी मा राखिएको थियो ।
प्रतियोगिता आगामी मे ८ देखि १७ सम्म भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुनेछ । खेलहरु गोल्डेन जुबली स्टेडियम युपियामा हुनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।