
लन्डन, (एजेन्सी) ।
इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेडले संयुक्त अधिराज्य (यूके) कैं सवैभन्दा ठूलो रंगशाला बनाउने योजना सार्वजनिक गरेको छ । म्यानचेस्टर यूनाइटेडले ओल्ड ट्राफोर्डमा १ लाख दर्शक अट्ने स्टेडियम बनाउन लागेको हो । यो स्टेडियम निर्माण गर्न २ अर्ब पाउन्ड खर्च हुने पनि जनायो ।
क्लबका सहमालिक सर जिम राटक्लिफले बताए कि विश्वकै ठूलो फुटबल स्टेडियम बनाउने उनको चाहना छ । यसैले अहिले ओल्ड ट्राफोर्डमा विशाल स्टेडियम बनाउन लागेको उनले बताए । साथै, यो स्टेडियम ५ वर्षमा तयार हुन सक्ने उनले अपेक्षा गरेका छन् । ओल्ड ट्राफोर्ड सन् १९१० देखि म्यानचेस्टर यूनाइटेडको घरेलु मैदान भएको हो । क्लबले यस मैदानमा नयाँ स्टेडियम तयार नहुन्जेल निरन्तर खेल्ने पनि जनायो ।
नयाँ स्टेडियम छाताको आकारको हुनेछ र यो ट्राफाल्गार स्क्वायरको भन्दा दोब्बर आकारको हुनेछ । डिजाइनर फोस्टर र पार्टनर्सले जनाएअनुसार यसको उँचाई २ सय मिटरको हुनेछ र २५ माईल टाढाबाट पनि यो देख्न सकिनेछ । उनीहरुक
म्यानचेस्टर यूनाइटेडसँग हाल १ अर्ब पाउन्डको ऋण रहेको छ । तर, नयाँ रंगशाला बनाउन बजेट कताबाट ल्याउने भन्ने अहिलेसम्म क्लबले बताएको छैन । क्लबका प्रमुख कार्यकारी ओमार बेराडाले बताए कि यो आकर्षक लगानीको अवसर हो र स्टेडियमको लागि रकम खोज्नेछौं ।
क्लबले नयाँ स्टेडियम बनाउँदा फाइदा हुने पनि बताए । क्लबले यसप्रकारको फाइदाहरू उल्लेख गरे :
—९२ हजार नयाँ जागिर हुने ।
—१७ हजार घर बन्ने ।
—वर्षेनी १८ लाख पर्यटकहरू आउन सक्ने ।
—यूकेको इकोनोमी हरेक वर्ष ७.३ अर्ब पाउन्ड बढ्ने ।
विश्वका ठूला १० स्टेडियमहरू
स्टेडियम स्थान दर्शकक्षमता
नरेन्द्र मोदी स्टेडियम अहमदाबाद, भारत १३२,०००
रंग्राडो फस्ट अफ मे स्टेडियम प्योङयाङ, उत्तर कोरिया ११३,२८१
मिचिगन स्टेडियम एन आर्बर, मिचिगन १०७,६०१
बीभर स्टेडियम स्टेट कलेज, पेनसिल्भानिया १०७,२८२
ओहाइओ स्टेडियम कोलम्बस, ओहाइओ १०२,७८०
कायल फिल्ड क्लेज स्टेसन, टेक्सास १०२,७३३
टाइगर स्टेडियम बाटोन रोज, लुसियाना १०२,३२१
निल्यान्ड स्टेडियम नक्सभाइल, टेनीसी १०१,९१५
डारेल के रोयल मेमोरियल अस्टिन, टेक्सास १००,११९
ब्रायन्ट–डेनी स्टेडियम टुस्कालूसा, अलाबामा १००,०७७
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।