
काठमाडौं।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थस्थित निर्माणाधीन पार्कमा रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-४ घर भएका घनश्याम थापाकी छोरी ५ वर्षीया पुर्णिमा थापाको शनिबार बेलुकी मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।