
रामेछाप ।
शुक्रबारदेखि दोरम्बाशैलुङ् गाउँपालिका ३ मा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । शुक्रबार बिहान करिब १२ बजेदेखि दोरम्वा शैलुङ् गाउँपालिका–३ को लालीगुराँसे सामुदायिक वनबाट सुरु भएको डढेलो तीन वटा सामुदायिक बनमा फैलिएको थियो ।
डढेलोले लालिगुरासे, छहारेछाप पाखा सामुदायिक वन र बुढा पानी सामुदायिक बनको वन डढेलोले क्षति गरेको डिभिजन बन कार्यालय रामेछापले जनाएको छ । डढेलो नियन्त्रणका लागि, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय परिचालन गरिको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए ।
दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरमा पर्ने बुढापानी सामुदायिक र छहारेछाप पाखा सामुदायिक वनमा लागेको डढेलो अझै पनि नियन्त्रणमा नआएको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।
त्यसै दोरम्बाशैलुङ् गाउँपालिका ३ मा रहेको लालीगुरासँ सामुदायिक वन र गोकुलगंगा गाउँपालिका ४ बेतालीको लिसेखानी सामुदायिक वनमा लागेको आगो आइतबार दिउँसो नियन्त्रमा आएको छ ।
दोरम्बाशैलुङ गाउँपालिकाको टोकरपुरबाट सुरु भएको डढेलो वडा नं १ डडुवाको ठुलो शैलुङ छुने अवस्थामा पुग्न लागेको डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत भरत श्रेष्ठले बताए । टोकरपुरमा डढेलो लगाएको आशङ्कामा तीन एकजना नावालक रहेकाले तारिकमा छोडिएको छ भने दुई जनालाई प्रहरीले थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाएको रामेछापका प्रहरी प्रमुख डिएसपि प्रदिप कुमार सिंहले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।