
रौतहट ।
जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहटमा नेपाल विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ ।
चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम अनुसार निकटतम प्रतिद्धन्द्धि अनेरास्ववियुका सभापतिका उम्मेदवार दामोदर उप्रेती भन्दा ९ सय ७१ मतको फराकिलाे अन्तरले नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार मोहम्मद नौसाद आलम विजयी भएका हुन् ।
नेपाल विद्यार्थी संघका सभापतिमा मोहम्मद नौसाद आलम ११७४ सचिवमा साहिल पुरीले ११२८ र कोषाध्यक्षमा सम्झना कुमारी चौधरीले ११४८ मत प्राप्त गरी विजयी हुनु भएको छ । सातै जना सदस्य नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।
विजयी हुनेमा विकास कुमार दासले ११५८, रोहन श्रेष्ठले ११६३, रेजिना कुमारी काफलेले ११६४, पुष्पा कार्कीले ११७०, अर्जुन भट्टराईले ११५७, सुशील कुमार पहरीले ११५५ र रितिक सिंहले ११९५ मत प्राप्त गरेका हुन । यस्तै निकटतम प्रतिद्धन्द्धिमा अनेरास्ववियुका सभापतिका उम्मेदवार दामोदर उप्रेतीले २०३ सचिवमा शुभ श्रेष्ठले २३१ कोषाध्यक्षमा अभिशेख कुमार चौधरीले २११ मत प्राप्त गरेका छन् ।
यस्तै अखिल क्रान्तिकारी सभापति अजय पटेलले १७० सचिव सुस्मिता घलानले १८७ र कोषाध्यक्ष अनिसा चौधरीले १८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोद तिमल्सिनाले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।