२० असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७१ पैसा र विक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५४ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५८ पैसा र विक्रिदर २४ रुपैयाँ ७२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ०३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ०९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ९३ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।