
काठमाडौं ।
नेपालमा बसेर अवैध रूपमा अनलाइन जुवा (सट्टेबाजी) खेलाउने ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूले अनलाइनमार्फत अवैध रूपमा २ अर्ब ९६ लाख रुपियाँभन्दा बढी रकमको अनलाइन जुवा खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको अभियागमा पक्राउ गरिएको सो कार्यालयले जानकारी दिएको छ । उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–३ देउवा टोलस्थित एक घर भाडामा लिई अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको थियो ।
प्रहरीले भारतीय नागरिकहरू सनी मिणा, मोहित वर्मा, पिउस भारद्वाज, हरकेश डडैया, निशांत भारद्वाज, आकाश बर्मा, अंकितकुमार सैनी, सञ्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकास कुमारलाई पक्राउ गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।