
काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई पक्राउ परेकी छन् । थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।