
काठमाडौँ।
पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुवेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ। जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदीमा बेपत्ता भएका दुवै जनाको शव बुधबार सशस्त्र प्रहरीको गोताखोरले टोलीले निकालेको हो।
सोही ठाउँ बस्ने १३ वर्षिया दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा मंगलबार नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शब ३५ फिट गहिराईबाट बिहान ११:३० बजे र दिक्षा सेर्पुञ्जाको शब ५० फिट गहिराईबाट अपरान्ह १२:३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।