काठमाडौँ।
पूर्व सशस्त्र प्रहरी हवलदार अक्कल बहादुर बोहोरा सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लागेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहीबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई संगठनको झण्डा हस्तान्तरण गर्नुकासाथै सगरमाथा आरोहण सफलताको शुभकामनासहित हार्दिक बिदाइ गरेका हुन्।

उनी सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका थिए । सगरमाथा आरोहणमा जान लागेका बोहोराले आफूलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहणमा जान लागेको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।