
काठमाडौं ।
मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ।
गत राति मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटास्थित कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको गाडीमा अकास्मात आगो लागेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी हो।
आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने क्षति पुगेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।