
काठमाडौं।
नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।
क्याम्पसमा आउँदो वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ। सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन्। नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।
यसबीच, नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनबीच गठबन्धन बनेको छ। उक्त गठबन्धनमा अनेरास्ववियुले सभापति पदमा, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ।
नेविसंघले भने उक्त गठबन्धनलाई “आफूमाथि लक्षित गठबन्धन”को रूपमा व्याख्या गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।