
काठमाडौं ।
नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।
यही वैशाख ६, २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा अस्पतालका जीआइ, ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्टेन्ट सर्जन डा प्रकाश चौधरीले सेवा दिनुहुनेछ । ओपीडीमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क परामर्शका साथै विशेष स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
ओपीडी बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ । यो सेवा लिन अस्पतालको फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।