
बाजुरा ।
बाजुराको सदरमुकाम मार्तडीमा युवायुवतीलाई सशक्त बनाउन गत साताबाट योग शिविर देखि लोकसेवा कक्षा सञ्चालन गरिएको छ। युवा जनशक्ति कामको खोजीमा विदेश हानिन थाले पछि उनीहरूलाई व्यावसायिक सिप सिकाएर स्वदेशमै सृजनशील काममा लाग्न अभिप्रेरित गराउने उद्देश्यले जिल्लामा ब्यवासायिक तालिम सञ्चालन गरिएको हो ।
“गाउँ गाउँमा,शिक्षा,स्वास्थ्य बिजुली, मोटर गाडी र सञ्चारलगायत विकास पुगेको छ । तर,विकास उपयोग गर्न गाउँमा युवा छैनन् । सकारात्मक सोच र व्यवहारिक ज्ञान दिनकै लागि प्रदेश सरकारले व्यावसायिक शिक्षामा जोड दिएको छ ।आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने मनसायले युवामैत्री नीति तथा कार्यक्रम ल्याएका छौँ ।” अव ठुला ठुला योजनाका साथ युवाशक्तिलाई स्वदेशमै काम दिन श्रम र सिपको आवश्यकता छ । मान्छेलाई गरिखाने बनाउन जिल्लामा निःशुल्क सीपमूलक कार्यक्रम भित्र्याउकाछौं,सुदूरपश्चिम प्रदेश सभासद् एवं बाजुरा प्रदेश “ख”का सांसद पदमबहादुर शाहीले भने । प्रदेश सरकारले बजेट निर्माण गर्दा युवामुखी नीति कार्यक्रम ल्याएको छ । देश विदेश जहाँ गए पनि पहिले सिप चाहिन्छ । स्वस्थ रहनका लागि ब्यायम योग शिक्षा र व्यावसायिक बन्न होटेल म्यानेजमेन्ट, पर्यटन प्रवर्द्धनलगायत कम्प्युटर, मोवाइल मर्मत तालिम देखि निजामती , प्रहरी सेवामा प्रवेश गर्न लोकसेवा तयारी कक्षा सञ्चालन गरेको सांसद शाहीको भनाई छ ।
मान्छेलाई डलर चाहियो ।पढ्यो पढ्यो विदेश गयो । पछिल्लो समयमा विदेश जाने लहरले गाउँ नै रित्ती सके । युवायुवती त खोजे पाउन नि गाह्रो भैसकेको छ । अब धेरै प्रयोगात्मक शिक्षा दिएर विदेश पलायन रोक्न अहिलेको आवश्यकता हो प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने । उनले आफ्नो उदाहरण दिँदै भने “मैले लोकसेवा गाइड पढ्न पाइन। तिन घण्टा पैदल हिड्थें । लोकसेवा तयारी कक्षा भन्ने सुनेकै थिएनौँ । अहिले गाउँ गाउँमा क्याम्पस छन् । यति विघ्न प्रविधिको विकास भएको छ ।” अवसर प्राप्त गर्न स्वदेशमै तमाम ठाउँ छ । युवालाई सृजनशील बनाउन ब्यवासयिक शिक्षा आवश्यक छ,तालिमको सहजीकरण गर्दै प्रतिअ पाध्याले भने।
सामाजिक विकास कार्यालय बाजुराको आयोजना र र महिला तथा बालबालिका सहयोग समाज बाजुराले संयोजन गरेको १५ दिने आवासीय तालिममा योग शिक्षा, निजामती,सैनिक,प्रहरीमा जान लोकसेवा तयारी टिप्स ,ब्यबसायिक ज्ञान सिप तथा ऐन कानुनका कुरा लगायत समाजमा आमसञ्चार माध्यमाको आवश्यकता र औचित्यतावारे सहभागीलाई जानकारी गराइएको छ। पछिल्लो समयमा प्राय युवायुवतीबाट हुने सामाजिक सञ्जालको दुरुपयोगले समय बरवाद र समाजमा ब्यथिती बढ्दै छ । त्यसबारे सचेत रहन साइबर क्राईम क हो ? र केकस्तो दण्ड सजाय हुन्छ? भन्ने बारे पनि जानकारी गराइएको सशस्त्र प्रहरीवल बाजुराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक श्याम रावतको भनाई छ ।
कानुनी राज्यमा मानिसलाई जीवनोपयोगी शिक्षाको आवश्यक छ । स्नातकोत्तर पढ्ने बेरोजगारी हुने शिक्षा भन्दा सिपले जिन्दगी चल्छ भन्ने मान्यता अनुसरण गर्नुपर्छ।आत्मनिर्भर बन्न सीपमूलक शिक्षाको आवश्यक छ अधिवक्ता एवं तालिम सहजकर्ता तुलाराम जैशीले भने।
जीवन उपयोगी शिक्षाका लागि जिल्लामा पहिलो पटक आवासीय तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख मीन बहादुर लामिछानेले भने । आवासीय तालिममा त्रिवेणी, बुढगंगा नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकाका २०बढी युवायुवती समावेश गरिएका छन् । विशेषगरी एस.ई.ई. दिएर घरमा बसेका युवायुवतीलाई लक्षित गरी तालिमको आयोजना गरेको तालिम संयोजनकर्ता मथुराराज पण्डितले बताए । तालिमले व्यक्तिगत जीवनका लागि उपयोगी हुने धेरै कुरा सिकाएको महसुस भयो,तालिमकी एक सहभागी बुढीगंगा नगरपालिका वडानं चारकी रोषनी सुनारले बताइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।