
रामेछाप ।
रामेछापका करेन्ट लागेर एक जना युवको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ५ का २४ बर्षिय मणिराज तामाङ रहेका छन् ।
शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ नम्बरको टिफरमा बसी सेलेघाट–साघुँटार निर्माणाधीन सडक खण्डको लागि श्री भारत कन्स्ट्रक्सन सिद्धि साई जे.भि. कम्पनीले खाँडादेवी गाउँपालिका–४ रजगाउँमा सञ्चालन गरेको क्रसरमा बालुवा लोड गर्न गएका थिए ।
बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको साबेल लिन जाँदा सोही टिफर माथिबाट गएको विद्युत् प्राधिकरणको हाईटेन्सन लाइनमा छोई करेन्ट लागि निज मणिराज तामाङ घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारका लागि मन्थली अस्पताल लगिए पनि अस्पताल पुग्नासाथ अस्पतालका चिकित्सकले शनिवार बुलुका ७ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
प्रहरीले अहिले टिफर चालक मृतक तामाङका दाइ वर्ष २५ का कमल बहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मृतक तामाङको शव अहिले मन्थली अस्पतालमा राखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।