
भक्तपुर ।
नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ जारी छ ।
भोली ८ गते महोत्सवको विशेष सांगीतिक कार्यक्रम अन्तर्गत चर्चीत गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो ।
महोत्सवमा राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ । टिकट शुल्क रु. ८० र ५० रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।