
धादिङ्गको बेनिघाट रोराङ्ग गाउंपालिका-७ स्थित त्रिशूली नदीमा आइतबार साँझ मोटरसाइकलसहित खसेका १ ब्यक्तिको उद्दार कार्य जारी रहेको छ । २ जना सबार मोटरसाइकल नदीमा खसेको खबर प्राप्त भए पश्चात् खोजि लागि सशस्त्र प्रहरी बल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक अस्मित कुमार चौहानको कमाण्डमा गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको थियो ।
गोताखोर सहितको सुरक्षाफौजले सडकबाट करिब १ सय ५० मिटर तल भिरबाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाई माथि ल्याउने कार्य भइरहेको सशस्त्रले जनाएको छ।
खोजतलासको क्रममा बा. प्र. ०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक ब्यक्तिको उद्दार भइरहेको हो । ती ब्यक्तिको साथबाट मीन बहादुर तामाङ लेखिएको यातायातसंग सम्बन्धित नगदी रसिद फेला परेको प्रहरीले बताएको छ। अर्का ब्यक्ती पनि बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी बलको गोताखोरले खोजी गरिरहेको छ बताइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।