
काठमाडौँ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो नदीमा बेपत्ता बालकहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।
बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करीव साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।