
काठमाडौं ।
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् ।
उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले सो जानकारी दिएको हो ।
जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन भने उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वस्थ अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।
कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।