
काठमाडौँ।
शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उप.म.न.पा.वडा नं. ०३ घर भई का.म.न.पा.वडा नं. ०६ बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुर चाँगुनारायण न.पा.वडा नं. ०८ बस्ने ४२ वर्षीय कुबेर सिलवाल ‘बावु’ रहेका छन्।
उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सीले जानकारी दिए।
आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ गते मा काँडाघारीमा आक्रमण भएको थियो ।
उनीहरूको बिचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाहीका लाग प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।