काठमाडौं।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थागत प्राचार्य लक्ष्मण राजवंशीको विविध कार्यक्रम गरी चौथो वार्षिक स्मृति दिवस मनाइएको छ । बिहीबार विद्यालय प्राङ्गणमा रहेको स्व. राजवंशीको सालिकमा माल्र्यापण गरी चौथो स्मृति दिवस मनाइएको हो ।
स्मृति दिवसकै अवसर पारी सिद्धार्थ वनस्थली साइन्स क्याम्पसको २०३८ देखि २०६५ सालसम्म अविच्छिन्न सेवा गर्नुभएका प्राडा नारायणहरि जोशीलाई सम्मान गरिएको थियो । प्राडा जोशीले सिद्धार्थ वनस्थलीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा रहेर इन्स्टिच्युटको संवद्र्धन तथा संरक्षण, प्राज्ञिक उन्नयन एवम् गरिमा अभिवृद्धिका लागि उहाँले गर्नुभएको योगदानको कदर गरिएको छ ।

सम्मानित व्यक्तित्व जोशीले ९३ वर्षको उमेरमा पनि आफूलाई विद्यालयले सम्झिएकोमा हर्षित भएको बताउनुभयो । राजवंशी सरको समीपमा रहेर कार्य गर्न पाउनु नै गौरवको विषय भएको उहाँको भनाइ थियो ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्राचार्य रुपक राजवंशीले स्वागत गर्नुभएको थियो । सबै अतिथिलाई स्वागत गर्दै उहाँले बुबाको अधुरो काम पूरा गर्न बाँकी रहेको र आफूहरु यसैमा दत्तचित्त रही कार्य गरेको बताउनुभयो ।
त्यसै गरी शिक्षक राजुप्रसाद दवाडीले स्व. राजवंशीको योगदान ठूलो रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षाको चौतारी छहारी दिनुभएको भन्दै योगदानको चर्चा गर्नुभयो । क्याम्पस प्रमुख भानुराजा शाक्यले स्वर्गीय राजवंशीको योगदानको चर्चा गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले कार्यक्रमको समापन गर्दै हरेक वर्ष एक जनालाई सम्मान गर्दै जाने बताउनुभयो । उहाँले स्व. राजवंशी सरले शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा परिचर्चा गर्नुभयो । आफूले बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्दै जाने उहाँको भनाइ थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।