
उदयपुर।
उदयपुरको रौतामाईमा गए राती अविरल वर्षासँगै परेको चट्याङका कारण रौतामाई गाँउपालिका वडा नं.५ ढुकुरथुम बस्ने चक्र बहादुर राईको घर जल्दा करिब ५ लाख ५० हजार बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बैशाख १५ गते राती .१ः३० बजे हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण निज चक्र बहादुर राईको घरमा क्षति पुगेको हो । ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर आगलागी हुदा घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडावर्तन, काठपात र घरसँगै रहेको बाख्राको खोर, सुंगुरको खोर र उक्त खोरमा रहेको १ वटा सुगुर समेत पूर्ण रुपमा जली करिब रु. ५,५०,०००। बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घर पूर्ण रुपमा जलिसके पश्चात सोमबार बिहान ३ बजे आगलागी आफै नियन्त्रणमा आएको भनी स्थानीयले जानकारी गराएका थिए । स्थानीयबाट जानकारी पाए पश्चात उक्त घटना सम्बन्धमा थप आवश्यक कुरा बुझ्न र जानकारी लिनका लागि अस्थाई प्रहरी पोष्ट रौता पोखरीबाट प्रहरी टोली खटिई गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।