
खोटाङ ।
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
जन्तेढुगागाउँपालिका ५ चिसापानीबाट गोलिया काठ बोकेर बङ्शिलाघाटतर्फ जादै गरेको प्रदेश -२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चिसापानीका रोशन बिकको मृत्यु भएको हो ।
बैशाख-१६ अर्थात मङगलबार राती बराहपोखरी गाउँपालिका-६ मौवाबोटेमा ट्याक्टर पल्टिएको थियो।गम्भिर घाईते बिकलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ ।
अनियन्त्रीत ट्याक्टर सडकबाट करिब सय मिटर तल खस्दा चालक झन्तेढुङगा गाउँपालिका-४ डम्बर्खुशिवालयका सुमन दाहाल घाईते बनेको छ ।
दाहालको टाउको, दुवै खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेको छ । यस्तै, अर्का सहचालक तेह्रथुमका लालीगुरास नगरपालिका(२ निर्मल गुरुङको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाईते दुवैलाई धरानस्थित बिपी कोईराला बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।