
काठमाडौँ।
पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ ।
डुंगामा २ जना पुरूष र एकजना महिला गरी ३ जना इजरायली पर्यटक सवार थिए ।
उद्धार गरिएका तीनैजनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।