
रौतहट ।
लामो समय देखि मोफसलमा रहेर पत्रकारिता गर्दै आएका ४६ बर्षीय फणिदेब महतको गएराती अस्पतालमा निधन भएको छ ।
उनको गएराती काठमाण्डौ स्थीत अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । छापा, अनलाइन र रेडियो पत्रकारितामा आबद्ध महत दुई बर्ष देखि ब्रेन ट्युमरबाट ग्रसीत भई उपचार गराउँदै आएका थिए ।
लामो समयदेखि मृत्युसँग लड्दै आएका महतको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार हुदै आएको थियो । महत अन्नपूर्णपोस्ट दैनिकका रौतहट सम्वाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक हुन । प्रेस चौतारीसँग आबद्ध रहेका पत्रकार महतले प्रेस चौतारी नेपालको मधेश प्रदेश अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
दिनदुखी, विपन्न र दलितको पक्षमा सदैब कलम चलाउँदै आएका पत्रकार महतको बिशेषत खोजी पत्रकारितामा सक्रिय देखाउथे । स्वर्गीय महहतको श्रीमती र दुई नाबालक छोरा छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिब गौतम श्रेष्ठले पत्रकार महतको निधनले रौतहटको पत्रकारिता लाई स्तब्ध बनाएको बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।