
काठमाडौँ।
वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौँ महानगरपालिका-३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ घर भएका ३५ वर्षीय जिवन कडरीया रहेका छन् ।
पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रूपैयाँ र जीवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र दिपकलाई काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।