
उदयपुर।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ अंधेरी स्थितमा विद्युतीय गाडी अकस्मात् दुर्घटना हुँदा सो गाडीका चालकसहित ११ जना घाइते भएका छन् ।
दिउँसो ३ बजेतिर दुर्घटना भएको सोे विद्युतीय गाडी काठमाण्डौबाट गाईघाटतर्फ आउँदै गरेको थियो । प्र १—०५—००१ ज ००५८ नं को उक्त इभी गाडी ओरालो बाटोमा बेक्र फेल भई दुर्घटना हुँदा चालक सहित ११ जना सवार यात्रीहर घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार घाइते भएकाहरु मध्ये रौतामाई गाँउपालिका वडा नं ७ बस्ने वर्ष ४५ को पुष्पा खड्कालाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात् न्युरो अस्पताल विराटनगर, रेफर गरिएको छ ।
त्रियुगा नगरपालिका ९ राजावास बस्ने वर्ष २६ को गोपी दनुवार, त्रियुगा नपा ८ साईखोला बस्ने वर्ष २० को निशन खड्का र जिल्ला भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं ४ बस्ने वर्ष ६० की सानु माया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सवारी चालक त्रियुगा नगरपालिका वडा नं ६ बस्ने वर्ष २० को हिमाल बस्नेत, सोही ठाउँ बस्ने वर्ष २४ की संगिता खत्री, चौदण्डीगढी नगरपालिका वडा नं १० बस्ने वर्ष १८ की मिजा सेवा, जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ४ बस्ने वर्ष ६६ को श्याम काजी श्रेष्ठ, ऐ बस्ने वर्ष ३३ की प्रतिक्षा बजिमय, जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा न १० बस्ने वर्ष ४३ को ओम बहादुर भुजेल, जिल्ला खोटाङ बराहापोखरी गाँउपालिका वडा नं ४ बस्ने वर्ष १९ को अनिश राईको उदयपुर जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।