
उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाट बजारको पिपलचाक, पुरानो बसपार्कको हिमाली टोल लगायतका ठाउँमा संचालित होटलहरुमा वेश्यावृत्ति तथा मानव बेचबिखन गरेको आरोपमा १३ जनालार्य पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार दिएको जानकारी अनुसार गत वैशाख १६ र १७ गते पीडित सांकेतिक नाम गाईघाट ८४क र गाईघाट ८५ ख ले १३ वर्षकी पीडित नावालिका छोरी सांकेतिक नाम गाईघाट ८४ र पीडित वर्ष १५ की सांकेतिक नाम गाईघाट ८५ लाई बेश्याबृतिमा लगाएको आरोप मा उजुरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बेश्याबृतिमा बालिकाहरुलाई संलग्न गराउनेहरु कानुनको विवादमा परेका बालक सांकेतिक नाम गाईघाट ८६, गाईघाट ८७ रहेका छन् । यस्तै जिल्ला झापा कन्काई नगरपालिका वडा नं ४ परिवर्तन टोल स्थागी ठेगाना घर भै हाल जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ११ पिपलचोक नजिकमा डेरा गरेर कोठामा बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली दर्जी रहेका छन् ।
बालिकालाई बेश्याबृतिमा संलग्न गराउने अन्यमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ बस्ने वर्ष १९को पूर्णिमा राई, सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नं ४ बस्नेवर्ष २५ को कुन्दन दाससमेत रहेको प्रहरीले जनाएको छ ।
त्रियुगा नपा ११ पिपलचोकको हिमाली टोलमा रहेको होटल मकालु र होटल भ्यू प्वाइन्टको कोठामा लगेर अपरिचित मानिसहरुसँग यौन सम्पर्क बेश्याबृति गर्न लगाई मानव बेच बिखन तथा ओसार पसारमा संलग्न भएको हुँदा निजहरलाई कानुन अनुसार कारबाही गरी पाउँ भनि जाहेर िपरेकोले विभिन्न गत बैशाखको मितिमा १३ जनालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेकामाथि उल्लेखित पीडकहरू विक्रम रण पहेली दर्जी, कुन्दन दास, पूर्णिमा राई तथा मकालु होटलका सञ्चालक जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ११ बस्ने वर्ष ३८ को ललित भण्डारी, भ्यु प्वाईन्ट होटलका संचालिका त्रियुगा न.पा. वडा नं १० बस्ने वर्ष २९ की सम्झना मगरलार्य पक्राउ गरिएको छ ।
सो कार्यमा संलग्न भएको आरोपमा ३ जना बालक र ५ जना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोजन भई सम्मानित उदयपुर जिल्ला अदालतमा मंगलबार पेश भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।