
बैतडी ।
बैतडीमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः ४८ बजे ५ दशमलव १ र २: ०० बजे ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।
दुईपटक कम्पन भएपछि स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्र जनाएकाे छ ।
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जनाइकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।