
लमजुङ।
रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नी बीमित स्व. अनिता थापा श्रेष्ठको मृत्युपश्चात् उनको परिवारलाई मृत्यु दाबी बापत २१ लाख भन्दा बढी रुपैयाँको भुक्तानी हस्तान्तरण गरेको छ ।
स्व. अनिता थापा श्रेष्ठको गत वैशाख ७ गते डुम्रे बेसीशहर सडक खण्ड अन्तर्गत भानु नगरपालिका १० नेपाल डाँडामा सडक दुर्घटनामा परि मृत्यु भएको थियो । उनले रिलाइबल नेपाल लाइफसँग १० लाख रुपैयाँको बीमा गरेकी थिइन् र बीमा अवधिमा जम्मा ६ किस्ता मात्र बुझाएकी थिइन् । मृत्युपछि बोनससहित मृत्यु दाबी बापत कम्पनीले २१ लाख ६७ हजार रुपैयाँको भुक्तानी गरेको लमजुङ शाखाका शाखा प्रमुख राजु गुरुङले बताए ।
उक्त रकम बेसीशहर नगरपालिका–८ का वडा अध्यक्ष पवित्र थापा रानाले एक औपचारिक कार्यक्रमबीच मृतकको परिवारलाई हस्तान्तरण गरेकी हुन् ।
यसै संगै रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले एजेन्सी उत्प्रेरण तालिम समेत आयोजना गरेको थियो थियो, जसले बीमा व्यवसायमा संलग्न एजेन्टहरुलाई थप जानकारी र प्रेरणा प्रदान गरेको थियो ।
लमजुङ शाखाका प्रमुख राजु गुरुङको सञ्चालन गरेको कार्यक्रममा प्रदेश प्रमुख सरोज अधिकारीले प्रशिक्षण दिएका थिए । उनले बीमा व्यवसायमा इमानदारी, ग्राहक सेवा र दीर्घकालीन सम्बन्ध निर्माणको महत्वबारे जानकारी साथै, बीमा अभिकर्ताहरुले बजारमा कसरी अझ प्रभावकारी रुपमा काम गर्न सकिन्छ भन्ने विषयमा पनि प्रशिक्षण दिएका थिए । प्रदेश प्रमुख अधिकारीले रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भविष्यमा पनि बीमितहरुको विश्वासलाई उच्च प्राथमिकता दिँदै जिम्मेवार र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तालिममा कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । तालिमको प्रमुख उद्देश्य बीमा अभिकर्ताहरूरुको सीप, दक्षता र प्रेरणा अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले यस्ता तालिमहरुले आफूहरुलाई आत्मविश्वासी र व्यावसायिक रुपमा सक्षम बनाउने बताउँदै आगामी दिनमा अझ जिम्मेवार ढंगले कार्य गर्ने प्रतिबद्धता जनाए । रिलायबल इन्स्योरेन्सले भविष्यमा पनि यस्ता प्रभावकारी तालिमहरुलाई निरन्तरता दिने शाखा प्रमुख गुरुङको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।