सुर्खेत ।
नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टी.बी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा पूर्वको कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जीत निकाल्दै रेकर्ड बनाएको हो ।

टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
कोशीका लागि निकै किफायति र प्रभावकारी साबित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टाराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए।
१ सइ २ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।
२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजीव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे ।

अहिले घरेलु टोली कर्णाली र पाहुना टोली मधेश प्रदेशबीचको खेल कालु∙चोक मैदानमा जारी रहेको छ ।
टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो। मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए भने त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए।
अहिले कर्णाली जवाफी ब्याटिंग गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।