
कीभ।
युक्रेन – शुक्रबार रुसले युक्रेनभरि व्यापक आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार, यो आक्रमण लगभग सम्पूर्ण देशभरि गरिएको थियो, जसमा शहर र गाउँहरूलाई समेत लक्षित गरिएको छ।
राष्ट्रपति जेलेन्स्कीले जानकारी गराएअनुसार, आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। मृतकहरू सबै युक्रेनको राज्य आपतकालीन सेवा (State Emergency Service) का कर्मचारी भएको पुष्टि गरिएको छ।
उनका अनुसार, आक्रमणमा रुसले ४०० भन्दा बढी ड्रोन र ४० भन्दा बढी मिसाइल, जसमध्ये केही ब्यालिस्टिक मिसाइलसमेत प्रयोग गरेको थियो। “दुर्भाग्यवश, घाइते र मृतकहरूको संख्या अझै बढ्न सक्छ,” जेलेन्स्कीले X मा पोस्ट गर्दै भने।
राष्ट्रपति जेलेन्स्कीले अमेरिका, युरोप तथा अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि दबाब बढाउन आह्वान गर्दै भनेका छन् , “रुस शहर र गाउँहरूमा निर्दोष नागरिकहरूलाई निशाना बनाउँदैछ। विश्वले युद्ध रोक्न गम्भीर प्रयास गर्नुपर्छ।”
यता रुसी रक्षा मन्त्रालयले भने, यी आक्रमणहरू युक्रेनको “आतंकवादी गतिविधि” को जवाफस्वरूप गरिएको दाबी गरेको छ। बीबीसीका पत्रकार इयान केसी र पल एडम्सको रिपोर्ट अनुसार, रुसले उच्च-प्रविधि प्रयोग गरेर हवाई, समुद्री र जमिनमार्फत लामो दूरीको हतियारहरू र ड्रोन मार्फत आक्रमण गरेको दाबी गरेको छ।
यसैक्रममा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि हालै युक्रेनद्वारा रुसी हवाई अड्डाहरूमा गरिएका आक्रमणहरूको जवाफ दिनु परेको बताएका छन्। उनले अमेरिका र विशेषगरी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत चेतावनी दिएका छन्। –बीबीसीबाट
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।