
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।
“बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्” प्रधानमन्त्री ओलीले भनेका छन् ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।