
बाजुरा।
बुढीगंगा नगरपालिकाको वडा नं ६ बाम्का बजारमा आगलागी हुँदा करोडौं रुपैंया बारावरको धनमाल जलेर नष्ट भएको छ । शुक्रवार दिउँसो होटेलको ग्यास चुलोबाट दम्केको आगोले बाम्काका १३ ब्यापारीका होटेल टहरासहित पसल जलेर खरानी भएका छन् । बुढीगंगा नगरपालिका–६ बाम्का बजार स्थित नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पाईपबाट आगलागी हुँदा आपसमा जोडीएका होटेल पसल जलेर पूर्णरुपमा नष्ट भएका छन् । ८ पसलमा आंसिक क्षति भएको छ भने १४ बढी पसलमा सामान्य क्षति भएको देखिन्छ प्रत्यक्षदर्शी एबं स्टेसनरी पसल सञ्चालक एबं बडिमालिका क्याम्पसका प्राध्यापक टेकवहादुर थापाले जानकारी दिए ।
आगलागीबाट जलेर पूर्णरुपमा नष्ट हुनेमा तोया न्यौपनेको नवदुर्गा होटेल र पसल, दिपक साउदको ईलेक्ट्रनिक्स पसल, राम वहादुर ऐडीको ब्यसादा पसल , नन्दा कटुवालको सस्मीता पसल, सुनिल वरालको सुनचाँदी पसल , तुलवहादुर कटुवालको होटेल, छत्रवाहादुर थापाको पक्की घर जलेको छ । त्यसगरी उद्धव थापाको फैन्सी स्टोर , सस्मिता साउदको, धनवहादुर साउदको चन्द्र बहादुर अयडी, सुर्मादेवी थापा र तेजबहादुर बोहराका होटेल पसलहरु पूर्णरुपमा क्षति भएका छन् भने ८ वटा पसल आसिंक र अन्य १४ वटापसलमा सामान्य क्षेती भएको स्थानीयले वताए ।
उक्त आगलागीबाट करिब ३५ वटा पसलमा क्षती भएको छ । प्रारम्भिक अनुमान अनुसार १२ करोड रुपिया बढीको क्षति भएको छ । आजबाट क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।
यसैवीच आगलागीबाट नष्ट भएको बाम्का बजार क्षेत्रको प्रत्यक्ष अनुगमन गर्न नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले गृह जिल्ला बाम्का बाजुरा पुगेर निरीक्षण गरेका छन् ।
मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजारको शनिवार बिहान निरीक्षण गरेका हुन् । पसलहरूको जानकारी लिएका छन । जिल्लामा आगलागि बाट केककति क्षतिभियो त्यसको यकिन बुझ्न आफू गृह जिल्ला आएको मन्त्री पाण्डेको भनाई थियो। स्थलगत अनुगमन गर्दा ठूलो मात्रमा क्षेती भएको देखियो । बस्नेवास, खाने गास सहित टुटेकोले अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय प्रशासन, बसढगंगा नगरपालिका । रेडक्रस लगायत संघसंस्था सबैले सहयोग गर्न अनुरोध गरे । अग्नि तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन गरेको छु । क्याबिनेट बैठकमा पनि अग्निपीडितको समस्या सम्बोधन गराउने गरी पहल गर्ने छु मन्त्री भाण्डले अग्नि पीडितलाई आश्वासन दिएका छन् ।
आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए ।
प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख,छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउँदको एक करोड ५० लाख क्षति भएको प्रहरीले सङ्कलन गरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट रामबहादुर अयडीको बाइक जलेर नष्ट भएको छ भने भगतराज गिरीको सु प प्र ०१–००१प४६८१ नम्बरको मोटरसाइकल जलेको छ ।
शुक्रवार दिउँसो ग्यास सिलिण्डरबाट दन्केको आगो नियन्त्रणमा ल्याउन नसकेपछि हेर्दा शहेर्दै घरपसल होटेल जलेर खरानी भए स्थानीयले गुनासो गरे । भएपनि स्थानीय तहले अग्नि नियन्त्रण दमकल खरिद नगर्दा ठूलो क्षति भएको पीडितको गुनासो छ ।
आग्लागबिाट श्रीसम्पत्ति नष्ट भयो । कतिपयले उद्धार गरे तर, केही बदमासले पसल पसलमा गएर चोरी गरेछन्। नगद, सुनचांदी, मोवायल , जुत्ता चप्पल अमिन न्यौपानेको नगद रकम सहित ग्यास सिलिन्डर पनि चोरी भएका छन् । तर कस्को कति चारीभयो यकिन हुन सकेको छैन त्रिवेणी नगरपालिका उप प्रमुख कमला न्यौपानेले बताइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।