उदयपुर ।
उदयपुरको गाईघाटमा शनिबारदेखि २ दिने पत्रकार आचार संहिता तथा क्षमता अभिवृद्धि सम्बन्धी अनुशिक्षण कार्यक्रम शुरु भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा ६५ जना पत्रकारहरु सहभागी भएका छन् ।
अनुशिक्षण कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले पत्रकारहरूले मर्यादित रुपले नियम कानुन तथा पत्रकारिताको आचार संहिता पालना गरेर पत्रकारिता गर्नु पर्ने बताए ।
मेयर बस्नेतले त्रियुगा नपाले पत्रकार महासङ्घ उदयपुरले अघि सारेको अक्षयकोष स्थापनामा सहयोग गर्न नगरसभाबाट पारित गराएर आवश्यक रकम उपलब्ध गराउने बताए ।

सो कार्यक्रममा त्रियुगा नपाकी उप प्रमुख महेश्वरी राईले परिपक्क पत्रकारिताका लागि सबै पत्रकारहरूले आचार संहिता पालना गर्नु आवश्यक रहेको बताइन ।
नेपाल पत्रकार महासङङ्घ उदयपुरका सचिव तुलसी कोइरालाको संचालनमा र नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलको अध्यक्षतामा भएको उक्त प्रशिक्षणमा वरिष्ट पत्रकार विजय मिश्र र कौशल चेम्जोङले प्रशिक्षण दिएका छन् भने अनुशिक्षण आइतबारसम्म सञ्चालन हुने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।