
नवलपरासी।
पूर्वी नवलपरासीकाे विनय खाेलामा आएकाे बाढीले डाइभर्सन डुबाउँदा पूर्व पश्चिमकाे यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालका अनुसार मंगलबार बिहान ४ बजेपछि भारी वर्षादका कारण खाेलामा पानीकाे सतह बढ्न गई डाइभर्सन डुबाएको हाे ।
पूर्व पश्चिम मुख्य राजमार्गको डाइभर्सन डुवेपछि साना सवारीलाई उत्तर हाेङ्सी गेटकाे मार्ग हुँदै आउ जाउ गराईएकाे प्रहरीले जनाएकाे छ ।
ठूला र मालबाहक सवारी भने खाेलामा बाढीकाे सतह घट्ने र डाइभर्सन खुल्ने आशमा पश्चिम दुम्कीबास बजार र पूर्वमा अरूणखाेला जंगल क्षेत्रमा खडा रहेकाे बताईएकाे छ ।
विनयी खाेलाकाे पुरानाे फलामे पुल अत्यधिक भार बाेकेकाे सवारीका कारण भाँचिए पछि मर्मत हुन सकेकाे छैन भने नयाँ पुल निर्माणकै चरणमा रहेकाे एक स्थानीयले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।