
काठमाडौं ।
वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादनमा वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा विद्युत् निर्यात थालेको छ ।
देशको कुल उत्पादन २,७०० मेगावाट पुगेको छ भने आन्तरिक माग २,००० मेगावाटसम्म मात्रै छ । बाँकी रहेको विद्युत् भारतमा दैनिक ६५०–७०० मेगावाट र बंगलादेशमा ४० मेगावाटसम्म निर्यात भइरहेको छ ।
बंगलादेशमा असार १ देखि नियमित रुपमा निर्यात सुरु गरिएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।