
काठमाडौं ।
इजरायलसँगको संघर्षमा इरानले जीत हासिल गरेको आयतुल्लाह अली खामेनीको दाबीलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा खामेनीको भनाइलाई ‘झूट’ र ‘मूर्खतापूर्ण’ भन्दै इरानका तीनवटा परमाणु केन्द्र नष्ट भइसकेको दाबी गरेका छन्।
ट्रम्पले आफूले खामेनीको जीवन रक्षासमेत गरेको उल्लेख गर्दै इरानमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया पछिल्लो अभिव्यक्तिका कारण रोकिएको बताएका छन्।
उता, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले ट्रम्पको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै अपमानजनक भाषा परित्याग गर्न चेतावनी दिएका छन्। उनले इरान आफ्नो स्वतन्त्रता र भविष्यबारे कुनै बाह्य हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारे।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।