
काठमाडौं ।
मकवानपुरको हेटौंडा–१९ सान्नाटारस्थित पूर्व–पश्चिम राजमार्गमा एक पुरूष मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट गस्तीमा खटिएको टोलीले शनिबार बिहान २:२५ बजे उनलाई रक्ताम्य अवस्थामा सडकमा लडिरहेको भेटेको थियो।
टाउकोमा गम्भीर चोट लागेका ती व्यक्तिलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएकोमा बिहान ३स्२० बजे डाक्टरले मृत घोषणा गरेका थिए।
डिएसपी श्यामु अर्यालका अनुसार मृतकको परिचय खुलेको छैन भने चोटको प्रकृति हेर्दा सवारी ठक्करको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।