
मोरङ ।
विराटनगर–१८ मा विवाह समारोहमा डिजेमा नाच्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार राति करिब १:३० बजे विजय यादवका १७ वर्षीय छोरा अमित यादवलाई डिजेको तारबाट करेन्ट लागेको थियो।
गम्भीर अवस्थामा कोशी अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकिएन। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।