
पाल्पा ।
राष्ट्रिय गौरवको आयोजनामा पर्ने सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट निर्माणको काम सम्पन्न भएको छ। मुख्य सुरुङको १,०८९ मिटर इन्भर्ट निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्। हालसम्म ८३४ मिटर लाइनिङको काम सकिएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको भौतिक प्रगति ५६.३ प्रतिशत र वित्तीय प्रगति ५०.२४ प्रतिशत पुगेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्ग २०७९ सालदेखि सुरु भई २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ।
बुटवल–तानसेन सडकखण्डको पहिरो जोखिमयुक्त क्षेत्रमा निर्माण भइरहेको १,१२६ मिटर लामो सुरुङमार्गका लागि सरकारले आगामी आर्थिक वर्षमा रु २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।