
काठमाडौं ।
पत्रकार दिलभूषण पाठक आज जिल्ला अदालतमा उपस्थित भएका छन्। आजै उनको प्रारम्भिक बयान लिइने र थुनछेक सम्बन्धी बहससमेत हुने भएको छ।
अदालतमा उपस्थित भएसँगै कानुनी प्रक्रिया अघि बढाइएको हो। पाठकमाथि लागेको आरोपसँग सम्बन्धित मुद्दामा न्यायिक प्रक्रिया अन्तर्गत यो कारबाही सुरु गरिएको जनाइएको छ।
पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको तारे होटल हिल्टनसहित अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रसारण गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।