
काठमाडौं ।
पुण्यमाता खोलाको पुरानो पुल भाँचिएपछि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड आइतबार बिहानदेखि ह्युमपाइप राखेर सञ्चालनमा आएको छ।
धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको यो सडक बनेपा नगरपालिका र सडक विभागको पहलमा खुलाइएको हो।
४५ वर्ष पुरानो फलामको पुल भारी सवारीका कारण शुक्रबार राति भत्किएको थियो। पुल मर्मत नहुँदासम्म ह्युमपाइपमार्फत आवागमन जारी रहने जनाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।