
काठमाडौं ।
सरकारले आर्थिक वर्षको अन्तिम दिन एकैदिनमा ३८ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। यससँगै चालु आर्थिक वर्षका लागि कुल सरकारी खर्च ९३८ अर्ब ६१ करोड पुगेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बाँकी रहेका भुक्तानीहरू फर्स्योट गर्दा एकै दिन ठूलो रकम निकासा भएको हो। बुधबार मात्रै १४ अर्ब ९३ करोड चालु खर्च र २१ अर्ब ७३ करोड पुँजीगत खर्च भुक्तानी गरिएको छ।
वित्तीय व्यवस्थापन खर्चतर्फ १ अर्ब ९४ करोड खर्च भएको छ। चालु वर्षको कुल खर्च १५ खर्ब ५ अर्ब पुगेको छ भने पुँजीगत बजेटको ५९ प्रतिशत मात्र कार्यान्वयन भएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार आर्थिक वर्षको अन्तिम सातामा नयाँ दायित्व सिर्जना गरी खर्च गर्न पाइँदैन। तर, अनिवार्य र विशिष्ट अवस्थामा भने लेखा नियन्त्रकको स्वीकृतिमा भुक्तानी गर्न सकिने व्यवस्था छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।