काठमाडौं ।
मुगुको सोरु गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखा सहायक बिमला कुमारी ढकाललाई रकम भुक्तानी नगरेको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन्।
स्थानीय व्यापारीले लाखौँ रुपैयाँको शीर्षकविहीन बिल भुक्तानी गरिदिन दबाब दिएका थिए। तर, लेखा अधिकृत र सहायकले शीर्षकविहीन भुक्तानी असम्भव रहेको स्पष्ट गर्दा व्यापारीले धम्की दिएका हुन्।
घटना पछि पालिकामा तनाव देखिएको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।