
स्याङ्जा ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५, थाप्लेस्थित सार्वजनिक गौचरनमा ‘नाइन्टिन ओ सेभेन अरिना’ नामक क्रिकेट रङ्गशालाको निर्माण कार्य शुरू गरिएको छ।
स्थानीयको जनश्रमदान र गाउँपालिकाको लगानीमा निर्माणाधीन यो मैदान ४५ मिटर वृत्ताकार फैलावटमा तयार हुँदैछ। राष्ट्रियस्तरको मापदण्डअनुसार बनिरहेको रङ्गशालाको निर्माण चालु आर्थिक वर्ष २०८१\८२ देखि शुरू भएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।